माग सम्बोधन गर्ने गरी सरकार अघि बढेको शिक्षामन्त्री भट्टराईको भनाई

वैशाख ३, २०८२

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालयका शिक्षक तथा कर्मचारीको माग सम्बोधन गर्ने गरी सरकार अघि बढेको बताउनुभएको छ । नेपाल शिक्षक महासंघले काठमाण्डौं केन्द्रीत आन्दोलन सशक्त रुपमा अघि बढाएपछि भिडियो सन्देश मार्फत शिक्षा मन्त्री भट्टराइले शिक्षकको माग सम्बोधन गर्ने गरी मन्त्रीपरिषद्ले केही निर्णय गरेको बताउनुभयो ।

शिक्षकहरुसँग मन्त्रालयको तर्फबाट सहजीकरण समिति बनाएरै संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा लागेको पनि मन्त्री भट्टराईको भनाई छ । यसैबीच सरकारले गरेका आग्रह अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । आन्दोलन स्थगित गरेर कार्य क्षेत्रमा फर्किन सरकारले गरेको आग्रहबेवास्ता गर्दै महासंघले आन्दोलन जारी राखेको छ । 

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले उधारो आश्वासनमा आन्दोलन नरोकिने बताउनुभयो । देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा निरन्तर आन्दोलनमा छन् । उनीहरुले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षा बहिष्कार गर्ने घोषणा गरेका छन् । शिक्षक आन्दोलनका कारण यस बर्षको विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने देखिन्छ । 


प्रतिक्रिया