पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

चैत्र ३०, २०८१ | पाल्पा

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बिहान ४ बजेतिर खसेको पहिरो र कल्भर्टमा फसेको टिपरका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

कल्भर्टमा फसेको टिपर निकालिएको छ भने पहिरो पनि सफा गरिएको छ । एकतर्फी सडक खुलाएर पाल्पादेखि बुटवल र बुटवलदेखि पहाडी भेगमा जाने सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले एउटा कारसमेत पुरेको थियो ।

गुडिरहेको कारलाई माथिल्लो भागबाट खसेको पहिरोले पुरेको हो । कार चालक र यात्रु भने सामान्य अवस्थामा उद्दार गरेको प्रहरीले जनाएको छ । 

तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर फसको टिपर ठूला मेसिनको सहायता निकालिएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमा समेत कल्भर्ट, नाली लगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । 

पाल्पाको सिद्धबाबा क्षेत्रको खसेको पहिरोमा तराईबाट पाल्पा लगायत गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ् लगायत गन्तव्यमा पुग्ने सवारी साधन गुड्ने गर्छ ।


प्रतिक्रिया