गठबन्धन दलहरुबीच थप समन्वय र सन्तुलन आवश्यक भएको कांग्रेसको निष्कर्ष

वैशाख ४, २०८२ | काठमाडौं

सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन दलहरुबीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

गठबन्धन सरकारको भविष्यलाई लिएर आशंका बढिरहेका बेलामा कांग्रेसको पदाधिकारी बैठकले सरकार सञ्चालनका लागि गठबन्धन दलबीच समन्वय गर्नुपर्ने निक्र्यौल गरेको हो ।

बैठकपछि सो पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समग्र राजनीतिक परिस्थितिबारे विश्लेषण भएको र गठबन्धन दलहरुबीच सन्तुलन कायम गर्नुपर्ने धारणा बनेको बताउनुभयो । प्रतिपक्षी दलको अभिव्यक्तिकै कारण सरकार नढल्ने महतको भनाइ थियो ।

बैठकमा सभापति शेरवहादुर देउवाले सरकारबारे नेताहरुले सार्वजनिक रुपमा नभई पार्टीभित्र र संयन्त्रमा धारणा राख्नुपर्ने सुझाव दिनुभएको थियो । कांग्रेसभित्रको असन्तुष्टीका कारण दुई दलीय संयन्त्रको बैठक नै प्रभावित भएपछि देउवाले पदाधिकारी तहको बैठक बोलाउनुभएको हो । 


प्रतिक्रिया