वीरगन्जमा लगाइएको निषेधाज्ञा आजबाट हट्यो

वैशाख ५, २०८२ | काठमाडौं
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहानदेखि हटाएको छ । बिहान ७ बजेबाट निषेधाज्ञा हटाइएको कार्यालयले विज्ञप्ती मार्फत जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा पाँच दिनपछि हटाइएको हो । शोभायात्राका क्रममा तनाव उत्पन्न भएपछि लगाइएको कफ्र्य अवस्था सामान्य भएपछि निषेधाज्ञा लगाइएको थियो ।