महिला कपमा पुलिस र भारतको सिलिगुढी क्लब खेल्ने

वैशाख ६, २०८२ | नेपालगञ्ज

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विभागीय नेपाल पुलिसले भारतको सिलिगुढी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

बाँकेको नेपालगञ्ज रंगशालामा दिउँसो तीन बजे पुलिस र पाहुना टोली सिलिगुढी क्लब आमनेसामने हुनेछन् । दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछ । 

हिजोबाट सुरु भएको प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गर्‍यो । राष्ट्रिय महिला टोलीका खेलाडीको बाहुल्यता रहेको आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम एफसीलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रतियोगिता विजेताले ५ लाख ५५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बाँके जिल्ला फुटबल संघको समन्वयमा अन्तरालले आयोजना गरेको प्रतियोगितामा तीन विभागीयसहित आठ टिमले भाग लिएका छन् । 


प्रतिक्रिया