गोरखामा चट्याङ लागेर १ जनाको मृत्यु

वैशाख १५, २०८२ | गोरखा

गोरखामा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका शहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यू भएको छ । 

आइतबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका खनाललाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । 

अस्पताल पुर्‍याए लगतै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्र प्रसाद शर्माले जानकारी दिनुभयो । 

आइतबार सा“झ परेको चट्याङ लागेर पालुङटार नगरपालिका–७ मा दुई जना घाइते भएका थिए । उनीहरुको चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 


प्रतिक्रिया