भोलिबाट आफू मातहतका विद्यालय खोल्न ललितपुर महानगरको निर्देशन

वैशाख १५, २०८२ | काठमाडौं

ललितपुर महानगरपालिकाले भोलिदेखि सबै विद्यालय खोल्न पत्राचार गरेको छ । महानगरपालिकाले आज परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न भनेको हो ।

महानगरपालिकाले शिक्षकहरूको सहभागितामा कार्यान्वयनमा ल्याएको शैक्षिक क्यालेण्डर बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसकेकोप्रति ध्यानाकर्षण भएको बताएको छ । महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न महानगरले भनेको छ । 


प्रतिक्रिया