ताप्लेजुङको डेरीमा आगलागी, चार लाखको क्षति

वैशाख १८, २०८२ | ताप्लेजुङ

ताप्लेजुङको सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा रहेको एक डेरी पसलमा आगलागी भएको छ । बुङकुलुङ दूध डेरी पसलमा बिहीबार बिहान सवा ७ बजेतिर आगो लागेको स्थानीयले बताएका छन् । 

दूध तताउने क्रममा ग्यास चुहावट भएर आगो लागेको हो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको स्थानीइय सुरज ओझाले जानकारी दिए । आगलागीबाट डेरी र नजिकको पसलका कपडा लगायत सामग्रीमा क्षति पुगेको छ । 

आगलागीबाट चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बारम्बार आगलागीका घटना दोहोरिने गरेका छन् ।


प्रतिक्रिया