सिरहामा शिक्षकबाट निर्घात कुटिए विद्यार्थी

वैशाख २६, २०८२

सिरहामा एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । गोलबजार नगरपालिका–७ चोहर्वास्थित निजी विद्यालय एपेक्स विद्या मन्दिरमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेका हुन् । कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका ३ खोरियाका सुरेश यादवका १३ वर्षीय छोरा अभिनाश यादवलाई विद्यालयका शिक्षक सन्तोष गुप्ताले कुटेका हुन् । 

कुटपिटका कारण उनको अनुहार, पिठ्युँ, तिघ्रालगायत शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । अविनाशको हाल गोलबजारस्थित एक निजी अस्पतालमा उपचार चलिरहेको परिवारले जनाएको छ । आफ्नो छोराले ’पढाइको गुणस्तर भएन’ भनेर गुनासो गर्दा शिक्षक गुप्ताले निर्घात कुटेको बुवा सुरेश यादवको भनाई छ । यता, पीडित परिवारको उजुरीका आधारमा शिक्षक गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुप्तालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । 


प्रतिक्रिया