गभर्नर नियुक्ति छिट्टैः गृहमन्त्री लेखक

वैशाख ३०, २०८२

गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति छिट्टै हुने दावी गर्नुभएको छ । गभर्नर नियुक्ति हुन नसक्दा सरकारको चौतर्फी आलोचना भइरहेका बेला गृहमन्त्री लेखकले गभर्नर नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको हो । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा गृहमन्त्री लेखकले केही दिनभित्र गर्भनर नियुक्ति हुने दावी गर्नुभएको हाम्रा सहकर्मीले जनाएका छन् । 

अहिलेको सरकार जनतामा निराशा चिर्न र आशा जगाउन गठन भएको बताउदै गठबन्धन एमाले–कांग्रेसको सहमतिय सरकार पूर्ण कार्यकालसम्म टिक्ने उहाँको भनाई थियो । यस्तै गृहमन्त्री लेखकले राजावादीहरुप्रति लक्षित गर्दै संविधान र गणतन्त्रविरोधी गतिविधि सह्य नहुने बताउनुभएको छ । संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति जनताको स्पष्ट समर्थन रहेको भन्दै व्यवस्था उल्ट्याउने प्रयास सपना मात्रै भएको टिप्पणी गर्नुभयो । 


प्रतिक्रिया