हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ जना घाईते

जेष्ठ २, २०८२ | परासी
पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ चारपालामा रुखले च्यापेर २ जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । हावाहुरी छल्न सडक प्रतिक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतिक्षालय माथी ढलेपछि उनीहरु च्यापिएका थिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी बिर दत्त पन्तका अनुसार ३० बर्षिया मिरा बयम्बु , ४० बर्षिय दुर्गा बहादुर पुनको मृत्यु भएको हो । घटनामा स्थानीय नरमति परियार , अनिल थापा र दुर्गेश्वरा खाम्चा मगर घाइते भएका छन् । घाइतेहरुको रुपन्देहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।