सुनवलमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

जेष्ठ ५, २०८२

पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । परासी –सुनवल सडक खन्ड अन्तर्गत सुनवल नगरपालिका ९, स्वाठीमा मोटरलाइकललाई गाडीले ठक्कर दिदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीर दत्त पन्तका अनुसार दुर्घटनामा रामग्राम नगरपालिका १ का २२ बर्षिय जीवन यादवको मृत्यु भएको छ ।

ठक्करबाट घाइते यादवको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो । प्रत्यक्षदर्शीले सानो कारले ठक्कर दिएको भनेपनी नम्बर पत्ता लाग्न सकेको छैन । मोटरसाइकललाई ठक्कर दिनेसवारीको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया