विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजना मृत्यु

जेष्ठ ९, २०८२ | रुकुम पश्चिम

विद्युत मर्मत गर्ने क्रममा रुकुम पश्चिममा एकजनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–३ बोहोरागाउँमा विद्युतको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा गएराती साढे १० बजे रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का २९ बर्षिय खिमबहादुर खड्काको मृत्यु भएको हो ।

रुकुम पूर्वमा विद्युत प्रशारण रोकिएपछी मर्मतका लागि बोहोरागाउँमा रहेको पोलमा चढेर लाईन बनाउने क्रममा करेन्ट लागेर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले बताउनु भयो ।

मृतक खड्काको शव पोष्टमाटमका लागी जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।


प्रतिक्रिया