२० हजार रुपैयाँ घूससहित मालपोतका खरिदार पक्राउ

जेष्ठ १०, २०८२ | नेपालगञ्ज

बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयका खरिदार हरिचन्द्र पाण्डे घूस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार खरिदार पाण्डेलाई २० हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरेको हो । 

अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत पाण्डेलाई कागजात नपुगेको र सोही कामको लागि तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचना आधारमा छापा मारी घूस रकमसहित पक्राउ गरेको हो ।


प्रतिक्रिया