तनहुँमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते

जेष्ठ ११, २०८२ | तनहुँ
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरकोे जिप व्यास नगरपालिका वडा नम्बर–३ र ४ जोड्ने पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा व्यास नगरपालिका–५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार जिपमा पाँच जना सवार थिए । घाइतेको दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् एक जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।