तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

जेष्ठ २७, २०८२ | तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट स्थानीय दल बहादुर गुरुङका ६ वर्षीय छोरा उत्सव गुरुङको मृत्यु भएको हो । 

सोमबार साँझ साढे ७ बजेतिर आँगनमा बसिरहेका बेला चितुवाले आक्रमण गर्दा ती बालक घाइते भएका थिए । 

उनलाई उपचारका लागि बन्दीपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

तनहुँमा चितुवाको निसानमा बालबालिका पर्दै आएका छन् । जिल्लाको भानु, व्यास, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर, आँवुखैरेनी गाउँपालिकामा चितुवा आतंक देखिएको छ । चितुवाको आक्रमणबाट तनहुँमा करीब ६ वर्षको अवधिमा १४ जना बालबालिकाको ज्यान गएको छ ।


प्रतिक्रिया