बर्दियामा बाढीबाट ८३ हजार बढी नागगरिक प्रभावित हुने आँकलन

जेष्ठ ३१, २०८२ | बर्दिया
यवर्ष ठुलो वर्षा भए बर्दियामा ८३ हजार बढी बासिन्दा प्रभावित हुने अनुमान जिल्ला विपत व्यवस्थापन समितिले गरेको छ । मौसम पूर्वानुमान अनुसार यस वर्ष सबैभन्दा बढी लुम्बिनी प्रदेशमा बढी वर्षा हुने आँकलन गरिएको छ ।
ति मध्ये लुम्बिनी प्रदेशको बर्दिया बाढीको सबैभन्दा जोखिम मानिन्छ । बर्दियाबाट बग्ने कर्णाली, बबई लगायतलाई मुख्य नदिन मानिन्छ । यस बाहेक ठुला साना खोलाहरु रहेका छन । जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस वर्ष ठुलो पानी परे बर्दियामा बाढी र डुवानबाट ८३ हजार बढी मानिस बढी प्रभावित हुने बताउनुभयो ।
जिल्लाको आठै वटा पालिकाले विपत प्रतिकार्यका लागि तयारी समेत सुरु गरेको पौडेलले जानकारी दिनुभयो । यसघि बर्दियामा २०४०, २०५१, २०५८,२०७१, २०७४ र २०७९ सालमा ठुलो बाढी आएको थियो । यस अवधीमा ५० जना बढीको मृत्यु भएको छ । २०७१ साल साउनमा आएको बाढीका कारण बर्दियाका ९३ हजार मानिस प्रभावित भएका थिए । ०७१ को बाढीले बाढीले बगाउँदा ३२ जनाको ज्यान गएको थियो । बर्दियामा ०७१ को बाढीले रामपुर टप्पु र ढुग्रवा गाउँनै बबईले बगाएको थियो ।
मनसुनजन्य विपत पूर्व सुरक्षा निकायका तीन अंग नेपाली सेना,सशस्त्र प्रहरी बल,नेपाल प्रहरीलाई उद्दार,राहत लगायत विषयमा कृतिम अभ्यास गराई सकेको छ ।