पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन

असार २, २०८२ | अर्घाखाँची

कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा शास्त्रीको आज बिहान ४ बजे निधन भएको हो ।

शास्त्रीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उहाँका दुई छोरा विदेशमा रहेका कारण उनीहरू आएपछि मात्रै दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।

१९९३ सालमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–८, निमडाँडामा जन्मिएका शास्त्री २०४८ र २०५१ सालको आमनिर्वाचनमा कांग्रेसबाट अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट विजयी हुनु भएको थियो । उहाँ उद्योग तथा श्रममन्त्री हुनु भएको थियो ।   


प्रतिक्रिया