हुम्लामा आगलागीबाट ८ घर नष्ट

असार २, २०८२ | वीरेन्द्रनगर

हुम्लामा आगलागीबाट ८ घर जलेर नष्ट भएका छन् । आइतबार राती सर्केगाड गाउँपालिका – ३ को उनापानी गाउँमा लागेको आगोबाट ८ वटा घर नष्ट भएका हुन् ।

 आगलागीबाट स्थानीय विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दूधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जाएको छ । सर्केगाड प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

 प्रहरीका अनुसार मानवीय र पशुको क्षती भएको छैन । आगलागीमा परी घरमा भएका सम्पूर्ण सामान नष्ट भएका स्थानीय धनबहादुर रावतले बताए । क्षतीको पूर्ण विवरण आउन बाँकी छ । सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी नारायण पाण्डयेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेल लगायतको टोली घटनास्थलतर्फ गएको छ ।  


प्रतिक्रिया