बिनयी खोलामा डाइभर्सन निर्माण गरेर दाउन्नेमा फसेका ठुला सवारी पास गराइने

असार ८, २०८२ | नवलपरासी

दाउन्नेमा चार दिन देखि रोकिएका ठुला सवारी पार गराउन बिनयी खोलामा डाइभर्सन निर्माण शुरु गरिएको छ ।

साना र यात्रुबहाक सवारी वैकल्पिक मार्ग हुँदै सञ्चालनमा आएपनि दाउन्ने क्षेत्रमा रोकिएका ट्रक, लरी र मालबहाक सवारी पास हुन मिल्ने गरि डाइभर्सन निर्माण गर्न लागिएको हो । रोकिएका साधनलाई केही समयका लागि डाइभर्सन बनाउने र दाउन्नेमा अड्किएका सवारी पार भएपछि डाइभर्सन फेरि बन्द गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख यादव ढकालले  जानकारी दिनुभयो ।

यसअघि सडक विभागले बुटवल नारायणगढ सडक खण्डको यात्रा गर्दा विकल्प खोज्न र विनयी खोलामा नयाँ पुल सञ्चालन नहुँदासम्म रातको समयमा यातायत सञ्चालनमा रोक लगाएको थियो ।



प्रतिक्रिया