नौ पटक बग्यो बिनयी खोलाको डाइभर्सन

असार ९, २०८२ | नवलपरासी

आइतवार निर्माण गरेर यातायात सुचारु गरिएको दुम्कीवास स्थित बिनयी खोलाको डाइभर्सन फेरी बगाएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्सपेक्टर राजन तिमिल्सीनाका अनुसार आइतवार बेलुका २ सय गाडि वारपार गरेपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको हो ।

गत पुस २६ गते दुम्कीवासस्थित बिनयी खोलाको फलामे पुल भाच्चिएपछि त्यहि पुलको उत्तर तर्फवाट डाइभर्सन निर्माण गरेर आउजाउ गराइँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतवारसम्म यो डाइभर्सन ९ पटक बगाउँदा ५७ लाख रुपैयाँ खर्च भैसकेको छ ।

असार ३१ गतेवाट नया पुल संचालनमा आउन

दुम्कीवासमा निर्मँण गरिएको नया पक्कि पुलमा असार ३१ गतेवाट यातायात संचालन हुने भएको छ । सडक आयोजना पूर्वी खण्डकी प्रमुख अनुच्छा घिमिरेले चिनिया ठेकेदारले असार ३१ गते नव निर्मित पुलवाट गाडि चलाउन मिल्ने भनेर आफुलाई पत्राचार गरेको सुनाइन । त्यो पुलवाट यातायात नहिडाउन्जेल डाइभर्सनकै भरपर्न पर्ने उनले सुनाई । जति बगाएपनि बनाउने हो उनले भनिन ।


प्रतिक्रिया