पर्सामा २५ सय ब्रोइलर कुखुराको चल्ला नष्ट

असार ९, २०८२ | पर्सा

 पर्सामा सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा ल्याइएको २ हजार ५ सय ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलिले धोबिनी गाउँपालिका–१ घोडदौडामा भारतबाट अबैध रुपमा नेपाल ल्याइँदै गरेको २५ काटुनमा रहेका २ हजार ५ सय कुखुराका चल्ला नियनत्रणमा लिएर नष्ट गरेको हो ।


 सो चल्ला आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा सशस्त्र प्रहरीको नं १३ गण परिसर भित्र नष्ट गरिएको छ ।

चल्ला पैठारीमा संलग्न भएको आरोपमा जगरनाथपुर गाउँपालिका २ का ५० वर्षीय साबिर अन्सारिलाई प्रहरीले पक्राउ गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।  


प्रतिक्रिया