संखुवासभाका आठ मतदानस्थल अति संवेदनशील
फाल्गुन २०, २०८२ | संखुवासभा
संखुवासभाका १ सय ९ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । १०९ मतदानस्थलमध्ये ८२ मतदानस्थल संवेदनशील, १८ मतदानस्थल सामान्य सूचीमा वर्गिकरण गरिएको छ ।
भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अलि संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ ।
भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको छ ।
अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थललाई हेरेर सुरक्षा रणनीति बनाइएको छ । जिल्लामा अति संवेदनशीलता आठ , संवेदनशील ८२ र सामान्य १९ छन् ।
एक निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा ६२ हजार १ सय ७२ पुरुष र ५७ हजार ४ सय ५८ महिलासहित एक लाख १९ हजार ६ सय ३० मतदाता छन् । जिल्लामा १०९ मतदानस्थल र १ सय ६४ मतदान केन्द्र रहेका छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । यसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।










