हुम्लाको लिमीका मतदाता हिउँ छिचोल्दै मतदान केन्द्रमा पुगे
फाल्गुन २०, २०८२ | काठमाडौं
हुम्लाको हिमालपारिको गाउँ लिमीका मतदाता हिउँ छिचोल्दै मतदान केन्द्रमा पुगेका छन् । उत्तरी नाम्खा गाउँपालिका–६ कोन्यालु लेकमा २ फिटसम्म जमेको हिउँ पन्छाउँदै मतदानका लागि सर्वसाधारण गाउँ फर्किएका हुन् ।
मतदानका लागि लिमीका मतदाता सिमकोटबाट सेलिबाङसम्म गाडीमा र त्यहाँबाट पैदल हिँडेर लिमी पुगेका हुन् । ९ घण्टा पैदल हिँडेर उनीहरु म्तदान केन्द्र रहेको लिमीको जाङगाउँ पुगेका छन् ।
ज्येष्ठ नागरिकलाई भने घोडा चढाएर लेकसम्म पु¥याइएको थियो । मतदाताहरू घरमा आएपछि कात्तिक महिनादेखि बन्द भएका सर्वसाधारणका घरको ढोका खुलेको छ । जाङगाउँका स्थानीयले चिसोका कारण गाउँ छाडेपछि त्यहाँका घरमा ढोका लागेको थियो ।










