सिमभञ्ज्याङ सडकखण्ड आज र भोलि बन्द हुने

असार १३, २०८२

त्रिभुवन राजपथअन्तर्गतको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आज र भोलि बन्द हुने भएको छ । 

लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डको रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउनु पर्ने भएकाले आज र भोलि दिउँसो १२ बजेदखि चार घण्टा सडक बन्द हुने भएको हो । सो अवधीमा अन्य बैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।  


प्रतिक्रिया