वर्षपछि अबरुद्ध पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड सञ्चालनमा

असार १५, २०८२ | काठमाडौं
वर्षापछि अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीस्थित दाउन्ने खण्ड सञ्चालमा आएको छ ।
आज विहान परेको पानीका कारण गाडी फसेपछि अबरुद्ध भएको सो खण्ड दिउँसोबाट सञ्चालनमा आएको हो । वाटो सञ्चालनमा आए पनि तत्कालका लागि ठूला र मालवहाक सवारी साधनलाई भने रोक लगाइएको छ ।
सो खण्डमा साना सवारी साधन र यात्रुवहाक बस सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पूर्व पश्चिम हिँडेका सबै मालबहाक सवारी साधनलाई दुम्कीवास र बर्दघाट क्षेत्रमा रोकिएको छ ।
पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजार बीचको १४ किलोमिटर सडक क्षेत्रमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । सो सडक खण्डमा बेलुका ७ बजेदेखि भोलिपल्ट विहान ५ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।