विनयी खोलामा बनेको नयाँ पुल शनिबारबाट सञ्चालन हुने

असार १६, २०८२ | नवलपरासी

महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा नवनिर्मित पक्की पुल आगामी शनिवारबाट सञ्चालनमा आउने भएको छ । ढलान भएको ४ सातापछि यो पक्की पुलबाट यातायात सञ्चालन गर्न लागिएको हो ।

 सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले चिनियाँ ठेकेदार कम्पनीसहित भएको छलफलपछि शनिवार साँझबाट यातायात सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । विनयी खोलामा ५२ वर्ष अघि निर्माण गरिएको फलामे पुल गत पुस २६ गते भाच्चिएपछि त्यहाँ डाइभर्सन सडक निर्माण गरेर यातायात संचालन हुँदै आएको छ ।  


प्रतिक्रिया