पर्याप्त पानी नपर्दा बर्दियामा धान रोपाईं प्रभावित
असार २३, २०८२ | बर्दिया
मनसुनी वर्षा नहुँदा गुलरिया लगायत बर्दियाका छ वटा पालिकामा धान रोपाई प्रभावित भएको छ । असार १५ भित्र रोपाईं सकिने बेला पर्याप्त वर्षा हुन नसक्दा किसान चिन्तीत भएका छन् । गुलरिया नगरपालिका–११ का किसान अनिल गोडियाले पम्पिंङ सेटबाट सिंचाई गरि रहेको बताए ।
पानीको मुहाननै सुकेकोले ५ कट्ठा जग्गामा मसिनो पानी बगि रहेकोले समय बढी लागेको छ, ’उनले भने ‘२ घण्टामा ५ कट्ठाको खेतमा सिंचाई हुन ५ घण्टा लागेको छ ।, बबई, मान लगायत खहरे नदीमा जलस्तर बढेको छैन । कतीपय किसानका वियाड पानीको अभावमा सुक्दै गएको छ । गुलरिया नगरपालिका–१२ का ६८ वर्षीय किसान गिरीधारी थारुले असारको अन्तिम सातासम्म पानी नपरेको जीवनमा पहिलो पटक थाहा पाएको सुनाए । एकातिर पानीको समस्या छ भने अर्को तिर मलखाद पाइँदैन, ’उनले भने‘पम्पिंङ सेटबाट रोपाईं गरि सकेको खेतमा पानी सुक्दै गएको छ ।, आकाशे पानीको भरमा गुलरिया, बढैयाताल र मधुवन लगायत पालिकामा खेति हुँदै आएको छ ।
बबई नदीमा २७ क्युमेक्स प्रति सेकेण्ड पानी बगीरहेको छ । बबई सिंचाई आयोजनाका प्रमुख शुशिल देवकोटाले सिंचाईका लागि बबईनदीमा ४० क्युसेक पानीको आवश्यक पर्ने बताए । ३५ हजार हेकटर खेतका लागि पर्याप्त सिचाई गर्न बबई भेरी डाइभर्सनको पानी आवश्यक हुने उनको भनाइ छ ।
कर्णाली नदीले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा भने सिंचाईको सुविधा भएकोले धान रोपाईं करिब ६० प्रतिशत भएको छ । बर्दियामा करिब ५० प्रतिशत धान रोपाई भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाका प्रमुख सागर ढकालले बताए ।
बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुने गरेको छ







