मर्चवारी गाउँपालिका वडाअध्यक्ष यादव घूससहित पक्राउ

असार २४, २०८२ | तिलोत्तमा

रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाअध्यक्ष जर्नादन यादव घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष यादवलाई तीन लाख रुपैयाँ घूससहित पक्राउ गरेको हो । 

यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिन कुमार पाण्डेयलाई अख्तियारले नियन्त्रणमा लिएको छ । 

आयोगको बुटवलस्थित कार्यालयकी सूचना अधिकारी गीता आचार्यका अनुसार वडाअध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस प्रयोजनार्थ सेवाग्राहीसँग घूस लिएका थिए । 

सो घूस रकम श्री गणेश ट्रेडिङका सञ्चालक पाण्डेयले लिइसकेको अवस्थामा आयोगको टोलीले दुबै जनालाई सोमबार नियन्त्रणमा लिएको आचार्यले जानकारी दिनुभयो ।


प्रतिक्रिया