तामाकोसी र सहायक नदीमा बाढीको जोखिम

असार २५, २०८२ | दोलखा

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी तथा त्यसका सहायक खोलामा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

प्रशासनले आज  तामाकोसी र त्यसका आसपासका खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

तिब्बतसहित दोलखाको माथिल्लो क्षेत्रमा अधिक र मध्यम बर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा भनिएको छ । निरन्तरको बर्षाका कारण तामाकोसी नदीको बहाव बढिरहेकाले त्यस आपसासका स्थानीय नदी आसपास नजान आग्रह गरिएको छ । 



प्रतिक्रिया