कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

असार ३०, २०८२ | नवलपुर
पुर्वी नवलपरासीको कावासोतीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । कावासोति ३ स्थित नमुना सदरमुकाममा निर्माणाधिन सभाहलमा काम गर्नेक्रममा करेन्ट लागेर मिस्त्री काम गर्ने युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका २ घर भएर कावासोती बस्दै आएका ३५ बर्षका सरोज थारुको मृत्यु भएको हो । करेन्ट लागी घाईते भएका थारुलाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।