दाङमा बबई नदीमा बगेर दुई किशोरको मृत्यु

असार ३०, २०८२
बबई नदीमा बगेर सोमबार दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–५, पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा बगेका तुलसीपुर उपमहानगरपालिका–७, झुमरे निवासी १७ बर्षीय विधान केसी र तुलसीपुर–५ निवासी १८ बर्षीय कुशल बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीन जना साथीहरु नदीमा पसेकोमा एक जना पौडेर निस्कन सफल भएको र अन्य दुई जना बगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताउनुभयो । बगेर वेपत्ता भएका उनीहरुको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ५० मिटर तल फेला परेको उहाँले जानकारी दिनुभयो ।