दोलखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

असार ३२, २०८२ | काठमाडौं

दोलखाको विगु गाउँपालिका १ हुरहुरेमा पहिरोमा परि १ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर २ जना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्बे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर नुवाकोट बिदुर नगरपालिका ४ का २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर गम्भीर घाईते भएका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

 पहिरोमा परि घाईते रामेछाप लिखु तामाकोसी गाउँपालिका ४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ का सन्दिप चौलागाई गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 


प्रतिक्रिया