एमाले पोलिटव्यूरो बैठक बस्दै

श्रावण २, २०८२
विधान राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको एमालेले विधान संसोधनका प्रस्तावमाथि छलफल गर्न आज पोलिट्व्यूरोको बैठक बोलाएको छ । सचिवालय बैठकबाट ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानसहितका पारित मस्यौदाको प्रस्तावलाई पोलिट्व्यूरो बैठकमा पेश गरिन लागेको हो ।
सचिवालय बैठकमा विधान संसोधनसहितका प्रस्तावहरुमाथि हिजो अबेर रातिसम्म छलफल भएको थियो । सो छलफलका क्रममा विवादास्पद बनेको उमेरहद र कार्यकालको विषय हटाउने विषय पारित भएको छ । सो प्रस्तावलाई आज बस्ने पोलिट्व्यूरो र आगामी सोमबारको केन्द्रीय कमिटिमा पेश गर्ने तयारी भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यद्यपी विधान मस्यौदामा पदाधिकारीको संख्या घटाउने, उमेरहद र दुई कार्यलका नराख्ने प्रस्तावमा केही सदस्यहरुले आपत्ती जनाएका थिए । यस्तै पोलिट्व्यूरोको संख्या घटाउनेसम्मको प्रस्तावहरुमामाथि छलफल अघि बढाइएको छ । पार्टीमा एउटा सदस्य र अर्को संगठित सदस्य गरि दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको छ ।