कुटपिटबाट खोटाङमा एक वृद्धको मृत्यु

श्रावण ११, २०८२ | खोटाङ
कुटपिटबाट खोटाङमा एक वृद्धको मृत्यु भएको छ । आफ्नै भतिजको कुटाईबाट साकेला गाउँपालिका–५ का ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
कुटपिट गरी हत्या गरेको आरोपमा ३१ वर्षीय न्युसन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ करीब ७ बजेतिर न्युसनको कुटपिटबाट घाइते राईको जिल्ला अस्प्ताल दिक्तेलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।