मनाङमा जडिुबटी संकलन तथा निकासीबाट ५२ लाख राजस्व संकलन

श्रावण १८, २०८२ | काठमाडौं

हिमाली जिल्ला मनाङमा जडिुबटी संकलन तथा निकासीबाट गत आर्थिक वर्ष २०८१÷०८२ मा ५२ लाख ८२ हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ । 

संकलन भएको राजस्व मध्ये संघीय सरकारको खातामा ३५ लाख ९१ हजार ९ सय ४० रुपैयाँ जम्मा भएको छ । स्थानीय पालिकाहरुको खातामा १६ लाख ९० हजार हजार रुपैयाँ प्रदान गरिएको छ ।

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार ४ वटा पालिका रहेको मनाङका विभिन्न स्थानबाट जडिबुटी संकलन मार्फत रावस्व संकलन हुँदै आएको छ ।   


प्रतिक्रिया