१२ घण्टादेखि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध

श्रावण २०, २०८२ | पाल्पा
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १२ घण्टादेखि अवरुद्ध छ । राजमार्गको पाल्पा तिनाउ गाउापालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेका पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको सडक अझै खुल्न नसकेको हो ।
निरन्तरको वर्षा र सडकमा खसेको पहिरोले बेलुकी ८ बजेदेखि अवरुद्ध भएको सडक मंगलबार बिहानसम्म सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वर्षासंगै सोमबार दिउासो पनि खुल्ने र बन्द हुने क्रम जारी थियो ।
सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पन्छाउन निरन्तरको वर्षाले नसकिएको सडक डिभिजन पाल्पा र सिद्धबाबा सुरुङ्मार्ग आयोजना कार्यालयले जनाएका छन् । प्रहरीले वर्षा नरोकिएसम्म सडक खुलाउन नसकिने जनाएको छ ।
सडक अवरुद्ध हुादा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिडेका सयौं सवारी साधन सडकमै अलपत्र परेको तिनाउ गाउँपालिका ३ दोभानका स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए ।
पाल्पाको सिद्धबाबा क्षेत्र अवरुद्ध हुादा पाल्पा बाहेक गुल्मी, अर्घाखााची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ् लगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्नु पर्ने हुन्छ । यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान वर्षायामका साथै सुख्खायाममा पनि खस्ने समस्या रहेको छ ।