प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग दाबीसहित परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

भाद्र ६, २०८२ | काठमाडौं
सर्वोच्च अदाललते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग दाबी गरिएको रिटमा लिखित जवाफसहित छलफलमा उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले रिटमा भनिए बमोजिम अन्तरिम आदेश दिन पर्ने वा नपर्ने बारे कारणसहित छलफलमा उपस्थित हुन भनिएको छ ।
अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । सरकारलाई समर्थन गरेका मध्येको जनता समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनुपर्ने दाबीसहित अधिवक्ता वीरेन्द्र केसीले हिजो रिट निवेदन दिनुभएको थियो ।