गगने खोलाको पहिरोले फेरि कर्णाली राजमार्ग अवरुद्ध

भाद्र १९, २०८२ | कालिकोट
कालिकोटको शुभकालिका १ गगने खोलाको पहिरोले फेरि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
वर्षा हुने बित्तिकै लेदो र ढुङ्गा सहित झर्ने पहिरोले यात्रुलाई सास्ती हुने गरेको छ ।
पहिरोले मंगलबार बेलुकी अवरुद्ध सडक हिजो दिउँसो खुले पनि रातिको वर्षाले पहिरो झरेपछि पुन अवरुद्ध भएको कालिकोटका डिएसपी टेक बहादुर रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार यता २७ पटक गगने मै पहिरो झरेर ३४ दिन सडक अवरुद्ध भएको छ ।
पहिरो पन्छाउने काम भईरहेको र पानी रोकिएपछि दिउँसोसम्म सडक खुल्ने रावतले जानकारी दिनुभयो ।