सामाजिक सञ्जालमा प्रतिबन्ध गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट

भाद्र २०, २०८२ | काठमाडौं

सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट पेस गर्नुभएको हो । सरकारको सो निर्णय गैरकानुनी र गैर संवैधानिक रहेको रिट निवेदक त्रिपाठीको ठहर छ । 

सामाजिक सञ्जाल नियमनका लागि विज्ञसहितको अध्ययन कार्यदल गठन गर्न र त्यसको सिफारिस बमोजिम आवश्यक कदम चाल्न सरकारलाई आदेश दिनुपर्ने माग रिट निवेदनमा गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयसँगै इन्टरनेट सेवा प्रदायकलाई दिइएको निर्देशनलाई उत्प्रेषणको आदेशद्वारा बदर गर्न त्रिपाठीले परमादेशको समेत माग गर्नुभएको छ । सो रिट दर्ता भने नभएको सर्वोच्च प्रशासनले जनाएको छ ।  


प्रतिक्रिया