सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा प्रतिपक्षीको असहमति

भाद्र १९, २०८२ | काठमाडौं
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने टिप्पणी गरेको छ ।
सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने भएपनि सरकारको निर्णय उपयुक्त नभएको बताउनुभयो ।
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सो पार्टीका सांसद अशोककुमार चौधरीले असहमति जनाउनुभएको हो ।
सरकारको निर्णयपछि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने कदम चालिएको भन्दै विरोध र आलोचना भएका छन् ।