विशेष महाधिवेशनले कांग्रेसलाई झन् कमजोर बनउँछः प्रवक्ता महत

आश्विन ११, २०८२ | काठमाडौं

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनले पार्टीलाई झन् कमजोर बनाउने भएकाले तत्कालै सो अभियानलाई रोक्नुपर्ने बताउनुभएको छ ।

प्रवक्ता महतले पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले यस्ता समस्याहरूको निदान खोज्ने बताउनुभयो । काठमाडौँ उपत्यकाभित्रका केन्द्रीय सदस्यको भेला बोलाएका महतले सभापति शेरबहादुर देउवाले स्वास्थ्य लाभ गरेपछि केन्द्रीय समिति बैठक बोलाउने तयारी भएको बताउनुभयो ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएपछि सभापति देउवा पक्षका नेताहरू प्रतिरक्षामा खटिएका छन् । 


प्रतिक्रिया