पाकिस्तानमा हालैको बाढीका कारण ४२ लाख प्रभावित

आश्विन ११, २०८२ | काठमाडौं
पाकिस्तानमा आएको हालैको बाढीका कारण ४० लाख बढी नागरिक प्रभावित भएको पाइएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता समन्वय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पन्जाब प्रान्तका विभिन्न १८ जिल्लाका ४२ लाख नागरिक प्रभावित भएका हुन् । प्रतिवेदन अनुसार पछिल्लो पटकको बाढीबाट मुजफ्फरगढ जिल्लाका एक चौथाई नागरिक प्रभावित भएका छन् ।
यहि सेप्टेम्बर ८ देखि १८ सम्म गरिएको अध्ययनका क्रममा बाढी प्रभावित १ हजार ९ सय २८ गाउँलाई समावेश गरिएको थियो । एक लाख ६१ हजार घर मध्ये १ लाख १५ हजार घर आंशिक रुपमा क्षति भएको छ भने ४६ हजार बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
बाढीका कारण झण्डै २८ लाख मानिस घरबारविहीन भएको समाचारमा उल्लेख छ ।