अर्घाखाँचीमा मिनिबस दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु

आश्विन १३, २०८२ | अर्घाखाँची

अर्घाखाँचीमा मिनिबस दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा गुल्मी मदानेकी १० वर्षिया बालिका अरुणा थापा र १३ वर्षिय किशोर नारायण पौडेलेकोे मृत्यु भएको हो ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको अर्घाखाँची र बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदह जाँदै गरेको मिनिबस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमा गएराति दुई बजे दुर्घटनामा परेको थियो ।

बसमा चालकसहित २६ जना सवार थिए । बसमा ८ जना बच्चा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया