जेन–जी आन्दोलनका मृतक दीपकका परिवारले पाए १५ लाख

आश्विन १४, २०८२ | काठमाडौं

जेन–जी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका– २ का दीपक सिंह साउदका परिवारले सरकारले उपलब्ध गराएको राहत, क्षतिपूर्ति र किरिया खर्च पाएका छन् ।

यसअघि मृतकका परिवारलाई दिँदै आएको १० लाखमा ५ लाख थपेर एकमुष्ट १५ लाख दिने सरकारको निर्णयअनुसार सहिद दीपकका परिवारलाई रकम उपलब्ध गराएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

गृह मन्त्रालयबाट निकासा भएर प्राप्त रकम दीपकका बुबा कालु सिंह साउदको बैंक खातामा जम्मा गरिदिएको उहांले बताउनुभयो ।

एक वर्षदेखि काठमाडौंको कीर्तिपुरमा डेरा गरी कोरिया जाने तयारी गरिरहेका दीपक २४ गते प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारकै क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 


प्रतिक्रिया