डेंगी संक्रमण ७५ जिल्लामा फैलियो

आश्विन १४, २०८२ | काठमाडौं

डेंगी संक्रमण यो वर्ष मुलुकको ७५ वटा जिल्लामा फैलिएको छ ।

कर्णाली प्रदेशको डोल्पा र गण्डकी प्रदेशको मनाङ बाहेक अन्य सबै जिल्लामा डेंगी संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमण गण्डकी प्रदेशमा १ हजार ३ सय २७ जनामा संक्रमण फैलिएको छ । त्यस्तै वागमती प्रदेशमा संक्रमण हुनेको संख्या १ हजार १ सय ९१ छ ।

यस्तै, तराई क्षेत्रमा सबैभन्दा कम १ सय १२ जनामा संक्रमण देखिएको छ । यो वर्ष अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा संक्रमित हुनेको संख्या उल्लेख्य रुपमा कमी देखिएका छ ।

गत जनवरी देखि गत आइबारसम्मको अवस्थामा मुलुकभर ५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टी भएको महाशाखा जनाउको छ ।

यसैविच, पछिल्लो १ साताको अवधिमा वागमती प्रदेशमा सबैभन्दा धेरै १ सय ६ जनामा संक्रमण पहिचान भएको छ । 


प्रतिक्रिया