लिज र इसिवाबीच छलफल

आश्विन १४, २०८२ | काठमाडौं
दक्षिण कोरियाका राष्ट्रपति लिजे मियुङ र जापानका प्रधानमन्त्री सिगेरु इसिवाबीच व्यापार तथा सुरक्षा क्षेत्र मजबुत बनाउने विषयमा छलफल भएको छ ।
दक्षिण कोरियाको कुटनीतिक भ्रमणमा गएका जापानका प्रधानमन्त्री इसिवासंग आज सो छलफल भएको हो ।
भेटवार्ताका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मियुङले जापानका प्रधानमन्त्री इसिवालाई आगामी दिनमा द्धिपक्षीय सहयोग जारी राख्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री इसिवाले पदबाट राजीनामा दिएपछि दक्षिण कोरियामा २ दिने भ्रमणमा जानुभएको हो ।
जापानले आगामी अक्टोबर ४मा नयां राष्ट्रपति चुन्दैछ ।
यसैविच, भेटवार्ताका क्रममा अमेरिकासंगको सस्तो व्यापार करको उपयोग गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।