विपद् प्रभावितलाई राहत र उद्धार अघि बढाउन विपद् प्राधिकरणको आग्रह

आश्विन १९, २०८२ | काठमाडौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावितलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि गर्नुपर्ने कार्यमा तीव्रता दिन सरकारलाई आग्रह गरेको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोस्ट बैठकको निर्णय सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई राहत, घाइतेहरूको निःशुल्क उपचार तथा औषधि व्यवस्थापन मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो ।

पीडित व्यक्ति तथा परिवारलाई राहत, पुनःस्थापना तथा पुनर्निर्माणसँग सम्बन्धित कार्य यथाशिघ्र अघि बढाउन स्थानीय तह तथा सरोकारवाला निकायलाई आग्रह गर्ने निर्णय समेत भएको भट्टले जानकारी दिनुभयो । बैठकले जोखिम भएका स्थानमा यातायातका साधन चलाउन रोक लगाउने अधिकार समेत जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ ।    


प्रतिक्रिया