विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न विश्वप्रकाशको सुझाव

आश्विन २१, २०८२
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई केहीदिनभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न सुझाव दिनुभएको छ । यद्यपी, दबाब भने नदिएको उहाँले बताउनुभयो । एक भिडियो सन्देश जारी गर्दै शर्माले विशेष महाधिवेशन विधान विपरीत नभएको र परिपक्व ढंगले प्रयोग गर्दा पार्टी कमजोर नहुने उल्लेख गर्नुभयो ।
त्यस्तै, शर्माले २६ असोजको केन्द्रीय समिति बैठकअघि नै हस्ताक्षर बुझाउने योजनालाई समर्थन गर्दै २४ असोजभित्र हस्ताक्षर गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो । मंसिर मसान्तभित्र १५औँ नियमित महाधिवेशन गर्नु सर्वोत्तम बाटो भएको भन्दै शर्माले सबै तहमा ताजा नेतृत्व चयन हुने र विधान परिमार्जन गरी युवा सहभागिता बढाउन सकिने उल्लेख गर्नुभयो ।