प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

आश्विन २७, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाअध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको निर्वाचनबारे चासो राख्नुभएको छ । 

प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभामा जेन–जीहरूको विषयमा पनि छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यहरुको पदावधि सकिँदैछ । रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग छलफल गर्नुभएको बताइएको छ ।

 अध्यक्ष दाहालले संक्षिप्त कुरा गर्दै राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत रहनुभएको समेत बताउनु भयो । यस्तै, अध्यक्ष दाहालले राष्ट्रिय सभालाई छठ पछि सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्की सकारात्मक रहनुभएको जानकारी दिनुभयो ।


प्रतिक्रिया